संसद्का दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजे सुरु हुने

संसद्का दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजे सुरु हुने : Icon Khabar

काठमाडौँ, जेठ १ । आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल गरिने छ । त्यसपछि १२ः३० बजे सभामुखको कार्यकक्ष संसद् भवनमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्नेछन्।

दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक, शङ्कर हल, नयाँ बानेश्वरमा बस्ने छ । दिउँसो ३ बजे संयुक्त सदनको बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न