संसद्का दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजे सुरु हुने

संसद्का दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजे सुरु हुने : Icon Khabar

काठमाडौँ, जेठ १ । आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल गरिने छ । त्यसपछि १२ः३० बजे सभामुखको कार्यकक्ष संसद् भवनमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्नेछन्।

दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक, शङ्कर हल, नयाँ बानेश्वरमा बस्ने छ । दिउँसो ३ बजे संयुक्त सदनको बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुने सचिवालयले जनाएको छ ।

Published Date: 14 May 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी