लिभरपुल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित

लिभरपुल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित : Icon Khabar

काठमाडौं , माघ १६ । लिभरपुल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित हुँदै एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमासाविक विजेता लिभरपुल खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित हुँदै बाहिरिएको हो ।

खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएपनि खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए ।

जित संगै ब्राइटन भने पाँचौं चरणमा प्रवेश गरेको छ ।

Published Date: 30 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न