प्रधानमन्त्री दाहालले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने

प्रधानमन्त्री दाहालले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेका छन् । उनले आइतबार दिउँसो आफ्नो फेसबुक पेजमा एक स्टेटस लेख्दै सो जानकारी दिएका हुन् ।

‘सूचना वर्गीकरण समितिले गरेको निर्णयप्रति विभिन्न निकायले व्यक्त गरेको चासोप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्री दाहालको फेसबुक पेजमा लेखिएको छ, ‘सोमबार आवश्यक निर्णय गरिने छ । सरोकारवाला पक्षसँग छलफल गरेर समस्या समाधान हुन्छ ।”

प्रधानमन्त्री दाहालले सूचनाको हक ऐन २०६४/०७४ को दफा ४ मा सूचनाको संरक्षण सम्बन्धी व्यवस्था रहेको बताए । यसभित्र सूचनाको वर्गीकरण गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सूचना वर्गीकरण गर्न नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा समिति गठन गरिएको छ ।

सोही समितिले गोप्य राख्नुपर्ने सूचना तयार गर्छ र सामान्य सूचना र असाधारण सूचनालाई वर्गीकरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2023
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक