प्रधानमन्त्री दाहालले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने

प्रधानमन्त्री दाहालले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेका छन् । उनले आइतबार दिउँसो आफ्नो फेसबुक पेजमा एक स्टेटस लेख्दै सो जानकारी दिएका हुन् ।

‘सूचना वर्गीकरण समितिले गरेको निर्णयप्रति विभिन्न निकायले व्यक्त गरेको चासोप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्री दाहालको फेसबुक पेजमा लेखिएको छ, ‘सोमबार आवश्यक निर्णय गरिने छ । सरोकारवाला पक्षसँग छलफल गरेर समस्या समाधान हुन्छ ।”

प्रधानमन्त्री दाहालले सूचनाको हक ऐन २०६४/०७४ को दफा ४ मा सूचनाको संरक्षण सम्बन्धी व्यवस्था रहेको बताए । यसभित्र सूचनाको वर्गीकरण गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सूचना वर्गीकरण गर्न नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा समिति गठन गरिएको छ ।

सोही समितिले गोप्य राख्नुपर्ने सूचना तयार गर्छ र सामान्य सूचना र असाधारण सूचनालाई वर्गीकरण गर्छ ।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय