नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन : Icon Khabar

काठमाडौँ, वैशाख २७ । सरकारले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई नयाँ लाईसेन्स दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाईसेन्स दिनको लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि जुन २०८१ बैशाख २८ गते सकिँदै छ ।

लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । अब टेलिकमलाई कति अवधिको लागि नयाँ लाईसेन्स दिने भन्ने निर्णय भने प्राधिकरणले नै गर्ने छ ।

टेलिकमले गत मंगलबार मात्रै लाईसेन्स नविकरणको लागि १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ तिरेको थियो ।

Published Date: 09 May 2024


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै