नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन : Icon Khabar

काठमाडौँ, वैशाख २७ । सरकारले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई नयाँ लाईसेन्स दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाईसेन्स दिनको लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि जुन २०८१ बैशाख २८ गते सकिँदै छ ।

लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । अब टेलिकमलाई कति अवधिको लागि नयाँ लाईसेन्स दिने भन्ने निर्णय भने प्राधिकरणले नै गर्ने छ ।

टेलिकमले गत मंगलबार मात्रै लाईसेन्स नविकरणको लागि १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ तिरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2024
Website | + posts