चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : Icon Khabar

भक्तपुर, माघ १५ । चाँगुनारायण नगरपालिका मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न कारण यसअघि संचालन हुन नसकेको यस प्रतियोगिता पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । चाँगुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन गरि उद्धघाटन गरेको प्रतियोगितामा वद्यार्थीको शारीरिक र बौद्विक क्षमता अभिवृद्धिका लागि खेलकुदले सहयोग पुर्याउने बताए ।

प्रतियोगितामा तेक्वान्दो, उशु, लङजम्प, सटपुट, ट्रिपल जम्प, कराँते, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड, भलिबल र कबड्डी खेलहरु समावेश गरिएका छन् ।

प्रतियोगितामा ३१ विद्यालयका २८९ छात्र , १८९ छात्रा गरि ८६४ जना खेलाडीले सहभागीता जनाएको छ । आज बाट सुरु भएको प्रतियोगितामा १८ गते सम्म संचालन रहने शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल