चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : Icon Khabar

भक्तपुर, माघ १५ । चाँगुनारायण नगरपालिका मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न कारण यसअघि संचालन हुन नसकेको यस प्रतियोगिता पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । चाँगुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन गरि उद्धघाटन गरेको प्रतियोगितामा वद्यार्थीको शारीरिक र बौद्विक क्षमता अभिवृद्धिका लागि खेलकुदले सहयोग पुर्याउने बताए ।

प्रतियोगितामा तेक्वान्दो, उशु, लङजम्प, सटपुट, ट्रिपल जम्प, कराँते, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड, भलिबल र कबड्डी खेलहरु समावेश गरिएका छन् ।

प्रतियोगितामा ३१ विद्यालयका २८९ छात्र , १८९ छात्रा गरि ८६४ जना खेलाडीले सहभागीता जनाएको छ । आज बाट सुरु भएको प्रतियोगितामा १८ गते सम्म संचालन रहने शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।

Published Date: 29 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न