नेपाल चेम्बर अफ कमर्सको आयोजनामा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न : Icon Khabar

काठमाडौं, माघ १५ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । मल्लले आगामी दिनमा रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले गल्फ प्रतियोगितालाई निरन्तरता दिने स्पष्ट पारे ।

गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताउदै यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसँग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरेको थियो । प्रतियोगीतामा पुरुषतर्फ नीतिममनी राजभण्डारी ४० उच्च स्कोर सहित पुरस्कृत भए । यसैगरी महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भइन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भएका थिए ।

Published Date: 29 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न