नेपाल चेम्बर अफ कमर्सको आयोजनामा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न : Icon Khabar

काठमाडौं, माघ १५ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । मल्लले आगामी दिनमा रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले गल्फ प्रतियोगितालाई निरन्तरता दिने स्पष्ट पारे ।

गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताउदै यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसँग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरेको थियो । प्रतियोगीतामा पुरुषतर्फ नीतिममनी राजभण्डारी ४० उच्च स्कोर सहित पुरस्कृत भए । यसैगरी महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भइन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल