वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २२ । घरेलु टोली नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’माथि ६ विकेटको जित दर्ता गरेको हो । हुन त योसँगै शृङ्खलामा वेस्ट इन्डिज ३–२ ले जित दर्ता गरेको छ । तर, नेपालले आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदानमा सानदार फिनिसिङ गरेको हो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको थियाे । वेस्ट इन्डिज ‘ए’का लागि कुनै पनि खेलाडीले ठूलाे इनिङ खेलेनन् तर, लक्ष्य भने प्रतिस्पर्धात्मक नै दिएको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । २९ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरेर अविजित रहे ।

कप्तान रोष्टन चेज ३३ रनमा क्याचआउट भए । साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिए । अविनाश बोहराकाे नाममा एक विकेट रह्याे ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू