वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपालको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २२ । घरेलु टोली नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’माथि ६ विकेटको जित दर्ता गरेको हो । हुन त योसँगै शृङ्खलामा वेस्ट इन्डिज ३–२ ले जित दर्ता गरेको छ । तर, नेपालले आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदानमा सानदार फिनिसिङ गरेको हो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको थियाे । वेस्ट इन्डिज ‘ए’का लागि कुनै पनि खेलाडीले ठूलाे इनिङ खेलेनन् तर, लक्ष्य भने प्रतिस्पर्धात्मक नै दिएको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । २९ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरेर अविजित रहे ।

कप्तान रोष्टन चेज ३३ रनमा क्याचआउट भए । साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिए । अविनाश बोहराकाे नाममा एक विकेट रह्याे ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

Published Date: 04 May 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली