शनिबार बिहानदेखि भक्तपुरको कुथुबहीमा खुल्ला गुँला बाजा प्रतियोगिता जारी

शनिबार बिहानदेखि भक्तपुरको कुथुबहीमा खुल्ला गुँला बाजा प्रतियोगिता जारी : Icon Khabar

भक्तपुर, वैशाख २२ । भक्तपुरको भार्वाचो (कुथुबही) मा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नपाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको र प्रतियोगितामा विभिन्न बाजा खलःहरुको उत्साहपूर्वक सहभागिता रहेको बताए।

भक्तपुर नपाले यहाँको कला र संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न विद्यालयस्तरबाट स्थानीय पाठ्यक्रममा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको बताउँदै उनले सांस्कृतिक गुरुहरुको सम्मान पनि नपाले विशष जोड दिँदै आएको बताए। कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राखेको भने उद्घाटन कार्यक्रममा दत्तात्रय नौबाजा खलःको तर्फबाट नौ बाजा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता सुरु हुनु अगाडि खुल्ला गुँला बाजा प्रतियोगिताको उद्घाटन र्याली भनपा ५ टौमढीबाट सुरु भई नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथुबही) मा पुगी सभामा परिणत भएको थियो । गुँला बाजा प्रतियोगितामा नगरभित्रका २६ वटा बाजा टोलीले भाग लिएका थिए ।

Published Date: 04 May 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली