शनिबार बिहानदेखि भक्तपुरको कुथुबहीमा खुल्ला गुँला बाजा प्रतियोगिता जारी

शनिबार बिहानदेखि भक्तपुरको कुथुबहीमा खुल्ला गुँला बाजा प्रतियोगिता जारी : Icon Khabar

भक्तपुर, वैशाख २२ । भक्तपुरको भार्वाचो (कुथुबही) मा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नपाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको र प्रतियोगितामा विभिन्न बाजा खलःहरुको उत्साहपूर्वक सहभागिता रहेको बताए।

भक्तपुर नपाले यहाँको कला र संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न विद्यालयस्तरबाट स्थानीय पाठ्यक्रममा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको बताउँदै उनले सांस्कृतिक गुरुहरुको सम्मान पनि नपाले विशष जोड दिँदै आएको बताए। कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राखेको भने उद्घाटन कार्यक्रममा दत्तात्रय नौबाजा खलःको तर्फबाट नौ बाजा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता सुरु हुनु अगाडि खुल्ला गुँला बाजा प्रतियोगिताको उद्घाटन र्याली भनपा ५ टौमढीबाट सुरु भई नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथुबही) मा पुगी सभामा परिणत भएको थियो । गुँला बाजा प्रतियोगितामा नगरभित्रका २६ वटा बाजा टोलीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)