नेपाली बजारमा याे साता सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा याे साता सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख २२ । नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतिताेला एक लाख ३७ हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे । त्यसपछि साेमबार केहि घटेर मंगलबार स्थिर रह्यो । सुनकाे भाउ बुधबार भने भारी गिरावट भएर प्रतिताेला एक लाख ३४ हजार ५०० रूपैयाँमा झरेकाे थियाे । तर बिहीबार भने सुनकाे भाउ बढेर एक लाख ३६ हजार ५०० पुग्याे ।

साताको अन्तिम काराबोर दिन, शुक्रबार सुन प्रतिताेला एक लाख ३५ हजार ४०० रूपैयाँमा काराेबार भयाे । साताको पहिलो दिनको तुलनामा अन्तिम कारोबार दिन, २ हजार २०० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला ग्राम एक हजार ६६० रुपैयाँमा खरिदबिक्री भएको थियाे । मुल्य साताभरको उतार चढाव पश्चात अन्तिम दिन शुक्रबार प्रतिताेला एक हजार ६४५ रुपैयाँ कायम भयो । यसरी साताभरमा चाँदी ताेलाकाे १५ रूपैयाँले घटेकाे हाे ।

Published Date: 04 May 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड