मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको दोस्रो वैठक पनि स्थगित

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको दोस्रो वैठक पनि स्थगित : Icon Khabar

कैलाली, वैशाख २२ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज (शनिबार) आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

आज (शनिबार) पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो