मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको दोस्रो वैठक पनि स्थगित

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको दोस्रो वैठक पनि स्थगित : Icon Khabar

कैलाली, वैशाख २२ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज (शनिबार) आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

आज (शनिबार) पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताए ।

Published Date: 04 May 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय