वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य : Icon Khabar

काठमाडौं, वैशाख २२ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे ।

साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

नेपाललाई पहिलो सफलता सागर ढकालले दोस्रो ओभरमै दिलाए । पहिलो विकेटका रुपमा कडिम अलेइनलाई ६ बलमा ११ रन बनाएर पेभेलियन फर्काउन रोहित पौडेलले सानदार क्याच गरे ।

पहिलो विकेट पछि केहि सम्हालिएको वेस्ट इन्डिज ‘ए’ को थप दुई विकेट सागरले नै आठौ ओभरमा लिए । सो ओभरको पहिलो बलमा नै जोनसन चार्ल्स २० बलमा २४ रन बनाएर सागरद्वारा कट एण्ड बोल्ड आउट भए । सोहि ओभरको तेस्रो बलमा मार्क डेयाल पनि पेभेलियनको बाटो लागे । डेयाल सुस्त इनिङ खेल्दै १९ बलमा ११ रन बनाएर रोहितद्वारा क्याच आउट भए ।

चौथो विकेटका लागि ४४ रनको साझेदारी गरिसकेपछि कप्तान रोस्टन चेज अविनाश बोहोराको शिकार बने । १४औ ओभरमा चेज २३ बलमा ५ चौकासहित ३३ रन बनाएर सन्दिप जोराद्वारा समातिए ।

पाचौ विकेट सोमपाल कामीको १७औ ओभरमा म्याथ्यु फोर्डको रुपमा आयो । फोर्डले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ छक्कासहित २३ रन बनाएर कुशल भुर्तेलको हातबाट लङ-अनमा क्याच आउट भए ।

छैठौं विकेट पनि सोमपालकै नाममा रह्यो । १९औ ओभरमा फेबियन एलेन ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए । तीन बलको अन्तरालमा सोमपालले गुडकेश मोतीलाई १ रनमा बोल्ड गरे । अथान्जे ४२ र हेडन वाल्श ७ रनमा अविजित रहे ।

नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए ।

३ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले महंगो सावित हुंदै ३९ रन दिएर कुनै विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन खर्चिए । कुशल भुर्तेलले भने ४ ओभरमा कुनै विकेट नलिएपनि २५ रन मात्र दिन सफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने