अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट

सागर ढकाल एक्लैले लिए ३ विकेट

अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट : Icon Khabar

काठमाडौं, वैशाख २२ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका तीव्र गतिका बलर अविनाश बोहराले महत्वपूर्ण विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि उनले चौथो विकेटका रुपमा कप्तान रोष्टन चेजलाई ३३ रनमा क्याचआउट गराएका हुन् । १४औं ओभरको तेस्रो बलमा उनले विकेट लिएका हुन् । हाल ४ विकेटको क्षतिमा वेस्ट इन्डिज ‘ए’ ले ११५ रन जोडेको छ ।

यसअघि सागर ढकालले एक्लैले ३ विकेट लिएका थिए । उनले आठौं ओभरको पहिलो बलमा ओपनर जोन्सन चाल्र्सलाई तेस्राे विकेटका रुपमा २४ रनमा आफैंबाट क्याचआउट गराएका थिए । त्यसपछि तेस्रो बलमा मार्क देयाललाई ११ रनमा पनि कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराएका हुन् । यसअघि दोस्रो ओभरको चौथो बलमा पनि ढकालले नै नेपाललाई पहिलो सफलता दिलाएका छन् । उनले ओपनर कादिम एलीनेलाई ११ रनमा कप्तान पौडेलबाटै उत्कृष्ट क्याचआउट गराएका थिए ।

Published Date: 04 May 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड