अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट

सागर ढकाल एक्लैले लिए ३ विकेट

अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट : Icon Khabar

काठमाडौं, वैशाख २२ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका तीव्र गतिका बलर अविनाश बोहराले महत्वपूर्ण विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि उनले चौथो विकेटका रुपमा कप्तान रोष्टन चेजलाई ३३ रनमा क्याचआउट गराएका हुन् । १४औं ओभरको तेस्रो बलमा उनले विकेट लिएका हुन् । हाल ४ विकेटको क्षतिमा वेस्ट इन्डिज ‘ए’ ले ११५ रन जोडेको छ ।

यसअघि सागर ढकालले एक्लैले ३ विकेट लिएका थिए । उनले आठौं ओभरको पहिलो बलमा ओपनर जोन्सन चाल्र्सलाई तेस्राे विकेटका रुपमा २४ रनमा आफैंबाट क्याचआउट गराएका थिए । त्यसपछि तेस्रो बलमा मार्क देयाललाई ११ रनमा पनि कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराएका हुन् । यसअघि दोस्रो ओभरको चौथो बलमा पनि ढकालले नै नेपाललाई पहिलो सफलता दिलाएका छन् । उनले ओपनर कादिम एलीनेलाई ११ रनमा कप्तान पौडेलबाटै उत्कृष्ट क्याचआउट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने