आइपिएलमा आज: मुम्बई र कोलकोता भिड्दै, प्लेअफमा मुम्बईको सम्भावना न्युन

आइपिएलमा आज: मुम्बई र कोलकोता भिड्दै, प्लेअफमा मुम्बईको सम्भावना न्युन : Icon Khabar

काठमाडौं, वैशाख २१ । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज एक खेल हुँदैछ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले  अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । मुम्बई अहिले अंक तालिकामा नवौं स्थानमा रहेको छ । मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।  कोलकोता १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

Published Date: 03 May 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड