बालेन लक्षित ओलीको टिप्पणी : सुकुम्वासीलाई हेप्ने, थर्काउने र तर्साउने काम नगरौं

बालेन लक्षित ओलीको टिप्पणी : सुकुम्वासीलाई हेप्ने, थर्काउने र तर्साउने काम नगरौं : Icon Khabar

काठमाडौं, वैशाख २१ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौंको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभाबी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरूलाई आवासको व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई सुझाव समेत दिए ।

काठमाडौं महानगरपालिकाले लालपुर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिइरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान शुरु गर्नुपर्ने बताएका हुन् । उनले मेयर शाहलाई सुकुम्वासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्ने ? भनी प्रश्न पनि गरे । सुकुम्वासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने उनले बताएका छन् । उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरपालिकालाई सुझाव दिए । ‘समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन । सुकुम्बासीमाथि ज्यादति गर्‍यो भने अनि सुकुम्बासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन्,’ ओलीले भने, ‘कहीँ हेप्ने मानिस भेटिएन । अनि, सुकुम्बासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छ ? त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौं ।’

काठमाडौँ महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताए ।
‘सुकुम्बासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने त के भयो र । सुकम्बासीहरूलाई लखेटी दिए भयो । मारिदिए भयो । जे पनि गर्ने हो भने । तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा । त्यसको व्यवस्थापन गर्नुपर्छ । समस्या समाधान गर्नुपर्छ । जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन,’ उनले भने । मेयर शाहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने ? भनि प्रश्न पनि गरे ।

सुकुम्बासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । ‘जनताप्रति उत्तरदायित्व नलिने, अनुतरदायी, गरिव भनेको देख्न नसक्ने, सुकुम्बासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिँए–सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर । सुकुम्बासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बञ्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो,’ ओलीले भने ।
Published Date: 03 May 2024






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न