रास्वपा उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडामा ९६ मत मात्र

रास्वपा उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडामा ९६ मत मात्र : Icon Khabar

इलाम, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडाबाट समेत कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर–२ मा मतदान केन्द्र हो ।

यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ । मिलनको वडामा १,४०७ मत खसेको थियो । यहाँ एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१७ मत पाएका छन् ।

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर