साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट

साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख १७ । साताको दास्रो दिन सोमबार सुनको घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य बढेको छ ।

यसदिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर