इलाम अपडेट : सुहाङ डम्बरसँगको मतान्तर झन फराकिलो बनाएर अघि बढ्दै

इलाम अपडेट : सुहाङ डम्बरसँगको मतान्तर झन फराकिलो बनाएर अघि बढ्दै : Icon Khabar

इलाम, वैशाख १७ उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २–को मत गणना चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ९,४८४ मत ल्याएर पहिलो स्थानमा अग्रता बनाइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले अहिलेसम्म ६,६३१ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २,८५३ छ । एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन फराकिलो बढाउँदै गएका छन् । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ४,९५१ मत ल्याएका छन् ।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,४०१ मत ल्याएका छन् । इलाम–२ मा अझै दुई तिहाई मत गन्न बाँकी छ । एक लाख १५ हजारभन्दा बढी मत भएको इलाम–२ मा ६९ हजार २ सय मत खसेको छ । यो कुल मतदाता संख्याको ६० प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने