इलाम अपडेट : सुहाङ डम्बरसँगको मतान्तर झन फराकिलो बनाएर अघि बढ्दै

इलाम अपडेट : सुहाङ डम्बरसँगको मतान्तर झन फराकिलो बनाएर अघि बढ्दै : Icon Khabar

इलाम, वैशाख १७ । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २–को मत गणना चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ९,४८४ मत ल्याएर पहिलो स्थानमा अग्रता बनाइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले अहिलेसम्म ६,६३१ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २,८५३ छ । एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन फराकिलो बढाउँदै गएका छन् । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ४,९५१ मत ल्याएका छन् ।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,४०१ मत ल्याएका छन् । इलाम–२ मा अझै दुई तिहाई मत गन्न बाँकी छ । एक लाख १५ हजारभन्दा बढी मत भएको इलाम–२ मा ६९ हजार २ सय मत खसेको छ । यो कुल मतदाता संख्याको ६० प्रतिशत हो ।

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर