म्यानचेस्टर सिटी विजयी

म्यानचेस्टर सिटी विजयी : Icon Khabar

काठमाडौँ, वैशाख १७ । इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे ।

३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ग्वार्डियोलले केभिन डी ब्र्युनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो । हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्र्युनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए ।

जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३–२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ । फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ । –एजेन्सी

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर