बझाङ अपडेट : १७ वडाको मत गन्न बाँकी, एमाले भन्दा कांग्रेस २५३ मतले अगाडि

बझाङ अपडेट : १७ वडाको मत गन्न बाँकी, एमाले भन्दा कांग्रेस २५३ मतले अगाडि : Icon Khabar

बझाङ, वैशाख १७ । बझाङमा तीन गाउँपालिकाका १७ वडाको मत गणना बाँकी रहँदा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले मष्टा गाउँपालिकाको मत गणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका अभिषेक सिंह २५३ मतले अगाडि छन् । उनले ८,२२७ मत र एमालेका दमन भण्डारीले ७,९७४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३,०३३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २,१७१ मत ल्याएका छन् । छबिसपाथिभेराबाट गणना शुरू भएकोमा प्रारम्भिक परिणाममा बझाङमा एमालेले अग्रता लिएको थियो ।

खप्तडछान्ना गाउँपालिका बाट निरन्तर मतान्तर घटाउँदै सुर्मा गाउँपालिकामा आइपुग्दा कांग्रेसले अग्रता लिएको थियो । अब मष्टाकै बाँकी वडा र तल्कोट गाउँपालिका र साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । शनिबारको मतदानमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए । यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए । त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने