बझाङ अपडेट : १७ वडाको मत गन्न बाँकी, एमाले भन्दा कांग्रेस २५३ मतले अगाडि

बझाङ अपडेट : १७ वडाको मत गन्न बाँकी, एमाले भन्दा कांग्रेस २५३ मतले अगाडि : Icon Khabar

बझाङ, वैशाख १७ । बझाङमा तीन गाउँपालिकाका १७ वडाको मत गणना बाँकी रहँदा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले मष्टा गाउँपालिकाको मत गणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका अभिषेक सिंह २५३ मतले अगाडि छन् । उनले ८,२२७ मत र एमालेका दमन भण्डारीले ७,९७४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३,०३३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २,१७१ मत ल्याएका छन् । छबिसपाथिभेराबाट गणना शुरू भएकोमा प्रारम्भिक परिणाममा बझाङमा एमालेले अग्रता लिएको थियो ।

खप्तडछान्ना गाउँपालिका बाट निरन्तर मतान्तर घटाउँदै सुर्मा गाउँपालिकामा आइपुग्दा कांग्रेसले अग्रता लिएको थियो । अब मष्टाकै बाँकी वडा र तल्कोट गाउँपालिका र साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । शनिबारको मतदानमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए । यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए । त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए ।

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर