आईपीएलमा हैदराबाद चेन्नाइसँग पराजित

आईपीएलमा हैदराबाद चेन्नाइसँग पराजित : Icon Khabar

काठमाडौँ, वैशाख १७ । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो ।

चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रहन पुग्यो । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे । ट्राभिस हेड र नितिश रेड्डीले १५-१५ रन जोडे ।

चेन्नाईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २-२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट ।

त्यसअघि चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो । चेन्नाइका कप्तान रुतुराज गाइक्वाड शतक बनाउनबाट चुकेपनि ५४ बलमा ९८ रनको सानदार इनिङ खेले । डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए । यस्तै शिवम दुबेले ३९ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

जित पछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादको पनि ९ खेलमा १० अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने