तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द : Icon Khabar

अफ्रिका, वैशाख १४ । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् ।

प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रेलमार्गहरू ध्वस्त पारेको छ । ‘देशका विभिन्न भागमा तेज हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुर्‍याएको छ’” मजलिवाले बिहीबार संसदमा भनेका छन् ।

एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु ढाँचा हो जुन सामान्यतया विश्वव्यापी रूपमा बढेको गर्मी, साथै खडेरी र भारी वर्षासँग सम्बन्धित रहेको जलबायु प्रणाली हो । ‘वर्षाका विनाशकारी हुनुमा मुख्यतया वातावरणीय ह्रासका कारणहरू हुन,’ मजलिवाले भने, ‘वन फँडानी, कृषि र अनियमित पशुधन चराउने जस्ता दिगो खेती अभ्यासका कारण यस्तो भएको हो ।’

वर्षाबाट २ लाखभन्दा बढी मानिस र ५१ हजार घरपरिवार प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन । बाढीमा परेका विद्यालयहरू बन्द भएका छन् र आपतकालीन सेवाहरूले बाढीको पानीमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू