आजदेखि सिनेमा हलमा ‘बोक्सीको घर’

आजदेखि सिनेमा हलमा ‘बोक्सीको घर’ : Icon Khabar

काठमाडौँ, वैशाख १४ । दर्शकमाझ बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उच्च शो दिएको छ ।

काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

अन्य सिनेमा हलले पनि ‘बोक्सीको घर’ लाई उच्च शो प्रदान गरेका छन् । फिल्मलाई लेखक तथा निर्देशक सुलक्षण भारती छन् । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।

यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् ।

Published Date: 26 April 2024
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक