आजदेखि सिनेमा हलमा ‘बोक्सीको घर’

आजदेखि सिनेमा हलमा ‘बोक्सीको घर’ : Icon Khabar

काठमाडौँ, वैशाख १४ । दर्शकमाझ बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उच्च शो दिएको छ ।

काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

अन्य सिनेमा हलले पनि ‘बोक्सीको घर’ लाई उच्च शो प्रदान गरेका छन् । फिल्मलाई लेखक तथा निर्देशक सुलक्षण भारती छन् । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।

यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् ।

Published Date: 26 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा