‘गौर हत्याकाण्ड’ मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

‘गौर हत्याकाण्ड’ मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश : Icon Khabar

काठमाडौँ, वैशाख १२ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दै त्रिभुवन साहले २१ जेठ २०८० सालमा सर्वोच्चमा रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौर समेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदनमा उत्प्रेषणको आदेश माग दावी गरिएको छ ।

यसअघि सर्वोच्चले जेठ ३० गते मुद्दामाथि सुनुवाइ गर्दै अन्य आदेश जारी गरेको थियो । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । हत्याकाण्ड भएको लामो वितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

गौर घटनाका पीडितले न्याय माग्दै पटक पटक आन्दोलन,धर्ना बसे पनि न्यायका लागि कसैले पहल नगरेपछि सर्वोच्च पुगेका हुन् । २०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए । माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको छानबिनपछि ठहर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने