मलिकालाई ‘उत्कृष्ट नायिका’को अवार्ड

मलिकालाई ‘उत्कृष्ट नायिका’को अवार्ड : Icon Khabar

काठमाडौँ, वैशाख १२ । फिल्म ‘सतिदेवी’को सार्वजनिक प्रदर्शन गरिएको छैन । तर, विभिन्न महोत्सवमा भने यो फिल्म प्रदर्शन भइरहेको छ ।

रामेछापमा आयोजना गरिएको ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८०’बाट यो फिल्मकी नायिका मलिका महतले ‘उत्कृष्ट नायिका–जुरी अवार्ड’ प्राप्त गरेकी छिन् ।

मलिकाले पनि यो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गरेकी छिन् । मलिकाले लेखेकी छिन्–‘अभिनयको करिअरमा मलाई यो अवार्डले अत्यन्तै धेरै हौसला, प्रेरणा र उर्जा थपेको महशुश गरेकी छु ।’

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा मलिकाले एक ग्रामीण भेगकी युवतीको भूमिका निर्वाहा गरेकी छिन् ।

यो फिल्मबाट निर्देशक सुवेदीले पनि विभिन्न महोत्सवमा अवार्ड  जितिरहेका छन् । विभिन्न महोत्सवमा भएको विशेष शोमा पनि मलिकाले फिल्ममा उत्कृष्ट काम गरेको भन्दै चर्चा भइरहेको छ ।

Published Date: 24 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास