मलिकालाई ‘उत्कृष्ट नायिका’को अवार्ड

मलिकालाई ‘उत्कृष्ट नायिका’को अवार्ड : Icon Khabar

काठमाडौँ, वैशाख १२ । फिल्म ‘सतिदेवी’को सार्वजनिक प्रदर्शन गरिएको छैन । तर, विभिन्न महोत्सवमा भने यो फिल्म प्रदर्शन भइरहेको छ ।

रामेछापमा आयोजना गरिएको ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८०’बाट यो फिल्मकी नायिका मलिका महतले ‘उत्कृष्ट नायिका–जुरी अवार्ड’ प्राप्त गरेकी छिन् ।

मलिकाले पनि यो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गरेकी छिन् । मलिकाले लेखेकी छिन्–‘अभिनयको करिअरमा मलाई यो अवार्डले अत्यन्तै धेरै हौसला, प्रेरणा र उर्जा थपेको महशुश गरेकी छु ।’

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा मलिकाले एक ग्रामीण भेगकी युवतीको भूमिका निर्वाहा गरेकी छिन् ।

यो फिल्मबाट निर्देशक सुवेदीले पनि विभिन्न महोत्सवमा अवार्ड  जितिरहेका छन् । विभिन्न महोत्सवमा भएको विशेष शोमा पनि मलिकाले फिल्ममा उत्कृष्ट काम गरेको भन्दै चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू