सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार

सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार : Icon Khabar

काठमाडौँ, वैशाख १२ । सोमबार १५.४१ अङ्कले घटेको सेयरबजार आज भने ०.१५ अङ्कले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ भने बैंकिंग र उत्पदन तथा प्रशोधन उपसमूहको सूचक पनि सकारात्मक देखिएको छ। बाँकी १० उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

बुधबार पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशतले बढेको छ।

यता माइ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने महिला लघुवित्तको ३.८४ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ३.३९ प्रतिशतले घटेको छ।

बुधबार पोखरा फाइनान्सको सबैभन्दा धेरै १४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको ८ करोड ४० लाख र नेपाल फाइनान्सको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 24 April 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै