सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार

सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार : Icon Khabar

काठमाडौँ, वैशाख १२ । सोमबार १५.४१ अङ्कले घटेको सेयरबजार आज भने ०.१५ अङ्कले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ भने बैंकिंग र उत्पदन तथा प्रशोधन उपसमूहको सूचक पनि सकारात्मक देखिएको छ। बाँकी १० उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

बुधबार पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशतले बढेको छ।

यता माइ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने महिला लघुवित्तको ३.८४ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ३.३९ प्रतिशतले घटेको छ।

बुधबार पोखरा फाइनान्सको सबैभन्दा धेरै १४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको ८ करोड ४० लाख र नेपाल फाइनान्सको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने