आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ९ । आइतबार नेप्से परिसूचक १२.२९ विन्दुले बढेर १९८४.४३ अंकमा आएको छ । आज २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक भएका छन् । आज ३१० कम्पनीको ६३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१० करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र पिपुल्स पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2024
Website | + posts