वागीश्वरीमा २४ महिने प्रि डिप्लोका विद्यार्थीहरुको पदस्थापन र अन्तरक्रिया कार्यक्रम सम्पन्न

वागीश्वरीमा २४ महिने प्रि डिप्लोका विद्यार्थीहरुको पदस्थापन र अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख ९ । भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित २४ महिने प्रि डिप्लोमा (निःशुल्क पढाइने) औद्योगिक अभ्यासका विद्यार्थीहरुको OJT भयो ।

SEE पश्चात निःशुल्क रुपमा पढाइ हुने उक्त शैक्षिक कार्यक्रम अन्तर्गत ३.५ महिना वागीश्वरी मा.वि. तथा १९.५ महिना उद्योेगमा गएर सिक्ने तथा पढाइ हुने गर्दछ ।

वागीश्वरी मा.वि.का प्रअ. कृष्णप्रसाद धन्छाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय, वागमति प्रदेशका अधिकृत चन्द्रबहादुर श्रेष्ठ, इन्सोर प्रयोग्रामका प्राविधिक संयोजक चक्रपाणी तिम्लसिना, वागमती प्रदेश परि संघका प्रतिनिधि जगन्नाथ लामिछाने तथा उद्योगका तर्फबाट गोर्खा इको प्यानलका संस्थापक अध्यक्ष विश्वराम कवांको उपस्थिति रहेको थियो।

साथै प्राविधिक शिक्षालय –वागीश्वरी मा.वि, रोजगारदाता उद्योग तथा प्रशिक्षार्थीहरुको बिचमा त्रिपक्षीय सम्झौता भएको थियो ।

Published Date: 21 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड