वागीश्वरीमा २४ महिने प्रि डिप्लोका विद्यार्थीहरुको पदस्थापन र अन्तरक्रिया कार्यक्रम सम्पन्न

वागीश्वरीमा २४ महिने प्रि डिप्लोका विद्यार्थीहरुको पदस्थापन र अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख ९ । भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित २४ महिने प्रि डिप्लोमा (निःशुल्क पढाइने) औद्योगिक अभ्यासका विद्यार्थीहरुको OJT भयो ।

SEE पश्चात निःशुल्क रुपमा पढाइ हुने उक्त शैक्षिक कार्यक्रम अन्तर्गत ३.५ महिना वागीश्वरी मा.वि. तथा १९.५ महिना उद्योेगमा गएर सिक्ने तथा पढाइ हुने गर्दछ ।

वागीश्वरी मा.वि.का प्रअ. कृष्णप्रसाद धन्छाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय, वागमति प्रदेशका अधिकृत चन्द्रबहादुर श्रेष्ठ, इन्सोर प्रयोग्रामका प्राविधिक संयोजक चक्रपाणी तिम्लसिना, वागमती प्रदेश परि संघका प्रतिनिधि जगन्नाथ लामिछाने तथा उद्योगका तर्फबाट गोर्खा इको प्यानलका संस्थापक अध्यक्ष विश्वराम कवांको उपस्थिति रहेको थियो।

साथै प्राविधिक शिक्षालय –वागीश्वरी मा.वि, रोजगारदाता उद्योग तथा प्रशिक्षार्थीहरुको बिचमा त्रिपक्षीय सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)