गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन गृह मन्त्रालयको आग्रह

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन गृह मन्त्रालयको आग्रह : Icon Khabar

काठमाडौं, वैशाख ९ । उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेको छ। मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण वीरेन्द्र ताल फुट्दा बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि पानीको बहाव दोब्बरले बढेको बताइएको छ।

गोरखका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार तालमा ठूलो पहिरो खस्दा पानी बाहिर आएको हो। उनले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए।

Published Date: 21 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न