गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान : मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान : मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने : Icon Khabar

पोखरा, वैशाख ५ । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिस अनुसार वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् ।

सभामुखको समेत हस्ताक्षर प्रयोग गरी मुख्यमन्त्री बनेको भन्दै कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न चैत २८ गते आदेश दिएको थियो । मुद्दाको अर्को पेशी वैशाख १० गतेलाई तोकिएको छ । तर त्यसअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहेका छन् । सोही क्रममा मुख्यमन्त्री अधिकारीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)