सुदूरपश्चिममा फेरि किचलो : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने

सुदूरपश्चिममा फेरि किचलो : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने : Icon Khabar

धनगढी, वैशाख ५ । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ ।

सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति (रेशम पक्ष) र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको तयारी गरेको छ । मन्त्री भएका बेला पनि उनी विवादमा आएका थिए, त्यसैले गठन भएको सरकार अस्थिर नहोस् भनेर यस्तो सुझाव दिइएको हो,’ नेकपा एमाले स्रोतले भन्छ ।

एमालेले सोडारी बाहेक जुनसुकै प्रदेश सभा सदस्य भए पनि मुख्यमन्त्रीमा सहमति जनाउने बताएको छ । माओवादी, एमालेका संसदीय दलका नेताहरू यसबारेमा बिहानैदेखि छलफलमा छन् । उनीहरुले समाजवादीका प्रकाश रावल र माया पन्त जो भए पनि मुख्यमन्त्रीमा पठाउन आग्रह गरेका छन् ।

एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । मंगलबार राति नै एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरिसकेको छ ।

तर, एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि अन्यौलता देखिएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरू विभिन्न तह र तवरले छलफल गरिरहेको बताइएको छ । समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश प्रमुख नजीर मियाले नागरिक उन्मुक्तिकै दुईजनाको दाबी पेश हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने