इलाममा आज एमाले–माओवादीको संयुक्त चुनावी सभा, अध्यक्ष ओलीले सम्वोधन गर्दै

इलाममा आज एमाले–माओवादीको संयुक्त चुनावी सभा, अध्यक्ष ओलीले सम्वोधन गर्दै : Icon Khabar

इलाम, वैशाख ५ । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले आज (बुधबार) इलाम–२ मा सयुक्त चुनावी सभा गर्ने भएका छन् । देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेले उठाएका सुहाङ नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समर्थन गरेका छन् । सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन् ।

आगामी १५ वैशाखमा इलाम २ मा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । सुहाङका बुवा स्व.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए । उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)