इलाममा आज एमाले–माओवादीको संयुक्त चुनावी सभा, अध्यक्ष ओलीले सम्वोधन गर्दै

इलाममा आज एमाले–माओवादीको संयुक्त चुनावी सभा, अध्यक्ष ओलीले सम्वोधन गर्दै : Icon Khabar

इलाम, वैशाख ५ । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले आज (बुधबार) इलाम–२ मा सयुक्त चुनावी सभा गर्ने भएका छन् । देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेले उठाएका सुहाङ नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समर्थन गरेका छन् । सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन् ।

आगामी १५ वैशाखमा इलाम २ मा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । सुहाङका बुवा स्व.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए । उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो ।

Published Date: 17 April 2024
ताजा
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय