डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग : Icon Khabar

काठमाडौं, वैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । ‘ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ । डाँगी बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रदर्शनमा बल प्रयोग गरेकोप्रति राप्रपाले आपत्ति जनाएको छ । प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने