डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग : Icon Khabar

काठमाडौं, वैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । ‘ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ । डाँगी बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रदर्शनमा बल प्रयोग गरेकोप्रति राप्रपाले आपत्ति जनाएको छ । प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Published Date: 15 April 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर