सन्दीपविरुद्धको बलात्कार मुद्दा : उच्च अदालतले पनि माग्यो जन्मदर्ता

सन्दीपविरुद्धको बलात्कार मुद्दा : उच्च अदालतले पनि माग्यो जन्मदर्ता : Icon Khabar

काठमाडौं, वैशाख ३ । उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो । यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ ।

सन्दीप लामिछानेले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग दाबी गरेका छन् । गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएका छन् । साथै २०७५-०९-१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

आदेशमा लेखिएको छ, ‘‘.गौशाला २६ ले जन्ममिति २०६२-०२-१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९-०३-१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts