बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य : Icon Khabar

काठमाडौं, वैशाख ३ । नेपाल आयल निगमले वैशाख ३ गते मध्य रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको घोषणा गरेको छ । निगमले सोमवार राति जारी गरेको विज्ञप्तीमा पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको उल्लेख छ ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

यसैगरी डिजेल र मट्टितेल एक लिटरको मूल्य क्रमशः १५८, १६० र १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Published Date: 15 April 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर