नयाँ बर्षको दोश्रो दिन मध्यपुर थिमिमा मनाईयो सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा (फोटो फिचर)

नयाँ बर्षको दोश्रो दिन मध्यपुर थिमिमा मनाईयो सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमिवासीले आज सिन्दूर जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन्। आज विहान विभिन्न टोलमा रहेको देवीदेवताहरुको खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमिमा सिन्दुरजात्रा मनाउने गरिन्छ।

सिन्दूर जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो। जात्रामा चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो।जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेका छ। यो जात्रा थिमिमा मात्र मनाइन्छ।

जात्रामा वेला एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी