नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति

नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति : Icon Khabar

काठमाडौं, वैशाख २ सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री नाउपाले पाउने सहमति भएको हो ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले जानकारी दिइन् । वैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो । नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024






ताजा
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) कोशी प्रदेश भेला सम्पन्न
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सौर्य एयरलाइन्सले डेढ वर्षपछि प्राप्त गर्यो उडान अनुमति
औषधिहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डको निर्देशन


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न