नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति

नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति : Icon Khabar

काठमाडौं, वैशाख २ सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री नाउपाले पाउने सहमति भएको हो ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले जानकारी दिइन् । वैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो । नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न