लुम्बिनीमा नाउपाले दुई मन्त्रालय नपाए मुख्यमन्त्री महरालाई विश्वासको मत नदिने

लुम्बिनीमा नाउपाले दुई मन्त्रालय नपाए मुख्यमन्त्री महरालाई विश्वासको मत नदिने : Icon Khabar

दाङ, चैत २९ । नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय आफूहरुलाई नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

नाउपाका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउपा संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भए पनि राम्रो मन्त्रालय चाहिन्छ । मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’ यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकारमा नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरी भौतिक मन्त्री थिए ।

बिहीबार बेलुका बस्ने दलको बैठकले विश्वासको मत दिने र नदिनेबारे निर्णय गरिने उनले बताएका छन् । उनले सरकार बनाउन सहयोग गरे पनि गठबन्धनले नाउपालाई खासै महत्व नदिएको उनले गुनासो गरेका छन् । मुख्यमन्त्री महरालाई एमाले २९, माओवादी १०, नाउपा ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले समर्थन गरेका छन् ।

प्रदेशसभामा रहेका ८७ सांसदमध्ये एक निलम्बनमा परेपछि ८६ सांसदमा बहुमतको लागि ४४ सांसद पुर्‍याउन प्रदेश सभामा ३ सांसद रहेको जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि भूमि व्यवस्था मन्त्रालय दिने लुम्बिनीका दलहरुबीच ७ बुँदे लिखित सहमति भएको थियो । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर विना विभागीय मन्त्री बनेका छन् ।

यस्तै स्वतन्त्र सांसद खड्क बस्नेत र नेकपा एसकी सांसद भगवती अधिकारीलाई सरकारमा समावेश गर्ने सहमित गरेका छन् । नाउपाले अन्तिममा महरालाई समर्थन गरेको थियो । त्यस अघि नै जसपा, स्वतन्त्र र एसलाई मन्त्रायलय दिनेमा सहमति भएको थियो ।

Published Date: 11 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न