भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो, चीनसहित तीन देशलाई दिएन निम्तो

भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो, चीनसहित तीन देशलाई दिएन निम्तो : Icon Khabar

नयाँदिल्ली, चैत २९ । भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ ।

पार्टी प्रमुख जेपी नड्डाले सुरु गरेको ‘भाजपा जान्नुहोस्’ पहल अन्तर्गत भाजपाले यो कदम उठाएको हो । निमन्त्रणा प्राप्त विदेशी दलहरूमा बेलायतको कन्जरभेटिभ र लेबर पार्टी, जर्मनीको क्रिस्चियन डेमोक्र्याट र सोसल डेमोक्र्याट पार्टी, बंगलादेशको अवामी लिग पार्टीसहित नेपाल र श्रीलंकाका प्रमुख राजनीतिक दलहरू पर्छन् ।

समाचार अनुसार अहिलेसम्म १३ राजनीतिक दलले भाजपाको निमन्त्रणा स्वीकार गरिसकेका छन् । यस अवधिमा भाजपाले पाकिस्तान, चीन र अमेरिकाका दलहरूलाई भने निम्तो दिएको छैन । बीजेपीका एक नेताले द इन्डियन एक्सप्रेसलाई भने, ‘अमेरिकामा पनि यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । यस्तो अवस्थामा डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरू यसमा व्यस्त छन् । यस बाहेक अमेरिकाको लोकतान्त्रिक संरचना भारतको भन्दा धेरै फरक छ । यसैलाई ध्यानमा राखेर अमेरिकालाई निम्तो दिइएको छैन ।’

मोदी–शाहको जुलुसमा विदेशी दलका नेताहरु पनि सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ बंगलादेशमा विपक्षी दल बीएनपीले सुरु गरेको ‘इन्डिया आउट’ अभियानका कारण प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई मात्रै भारतमा आमन्त्रण गरिएको छ । रिपोर्टका अनुसार मेमा हुने लोकसभा चुनावको तेस्रो–चौथो चरणमा विदेशी दलका प्रतिनिधिहरू भारत आउन सक्ने छन् ।

यस क्रममा उनीहरुलाई भारतको निर्वाचन प्रक्रिया, राजनीतिक संरचना र राजधानी दिल्लीमा भाजपाको बारेमा जानकारी दिइनेछ । त्यसपछि ५–६ जना पर्यवेक्षकसहितको समूह बनाइने छ । उनीहरुलाई विभिन्न निर्वाचन क्षेत्रका पार्टी नेताहरुसँग परिचय गराइने छ । यसबाहेक प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र पार्टी प्रमुख नड्डा जस्ता शीर्ष भाजपा नेताहरूको ¥यालीमा पनि सहभागी हुन सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न