भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो, चीनसहित तीन देशलाई दिएन निम्तो

भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो, चीनसहित तीन देशलाई दिएन निम्तो : Icon Khabar

नयाँदिल्ली, चैत २९ । भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ ।

पार्टी प्रमुख जेपी नड्डाले सुरु गरेको ‘भाजपा जान्नुहोस्’ पहल अन्तर्गत भाजपाले यो कदम उठाएको हो । निमन्त्रणा प्राप्त विदेशी दलहरूमा बेलायतको कन्जरभेटिभ र लेबर पार्टी, जर्मनीको क्रिस्चियन डेमोक्र्याट र सोसल डेमोक्र्याट पार्टी, बंगलादेशको अवामी लिग पार्टीसहित नेपाल र श्रीलंकाका प्रमुख राजनीतिक दलहरू पर्छन् ।

समाचार अनुसार अहिलेसम्म १३ राजनीतिक दलले भाजपाको निमन्त्रणा स्वीकार गरिसकेका छन् । यस अवधिमा भाजपाले पाकिस्तान, चीन र अमेरिकाका दलहरूलाई भने निम्तो दिएको छैन । बीजेपीका एक नेताले द इन्डियन एक्सप्रेसलाई भने, ‘अमेरिकामा पनि यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । यस्तो अवस्थामा डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरू यसमा व्यस्त छन् । यस बाहेक अमेरिकाको लोकतान्त्रिक संरचना भारतको भन्दा धेरै फरक छ । यसैलाई ध्यानमा राखेर अमेरिकालाई निम्तो दिइएको छैन ।’

मोदी–शाहको जुलुसमा विदेशी दलका नेताहरु पनि सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ बंगलादेशमा विपक्षी दल बीएनपीले सुरु गरेको ‘इन्डिया आउट’ अभियानका कारण प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई मात्रै भारतमा आमन्त्रण गरिएको छ । रिपोर्टका अनुसार मेमा हुने लोकसभा चुनावको तेस्रो–चौथो चरणमा विदेशी दलका प्रतिनिधिहरू भारत आउन सक्ने छन् ।

यस क्रममा उनीहरुलाई भारतको निर्वाचन प्रक्रिया, राजनीतिक संरचना र राजधानी दिल्लीमा भाजपाको बारेमा जानकारी दिइनेछ । त्यसपछि ५–६ जना पर्यवेक्षकसहितको समूह बनाइने छ । उनीहरुलाई विभिन्न निर्वाचन क्षेत्रका पार्टी नेताहरुसँग परिचय गराइने छ । यसबाहेक प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र पार्टी प्रमुख नड्डा जस्ता शीर्ष भाजपा नेताहरूको ¥यालीमा पनि सहभागी हुन सक्छन् ।
Published Date: 11 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न