गृहमन्त्रीलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन : प्रधानमन्त्री प्रचण्ड

गृहमन्त्रीलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन : प्रधानमन्त्री प्रचण्ड : Icon Khabar

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई नै केन्द्रमा राखेर संसदीय छानबिन समितिको माग गरिएको कुरा नमिल्ने भएको दाबी गरेका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई केन्द्रमै राखेर छानबिन समितिको माग गरिएको त्यो नमिल्ने कुरा भएको दाबी गरेका हुन् ।

उनले भने,‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन । मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ। उहाँहरूले यस केसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

यस्तै, उनले पहिला हामीसँगै कांग्रेसपनि सरकारमा रहेको र त्यतिबेला यो मुद्दा सामान्य रहेको र सरकारबाट बाहिरिएपछि गृहमन्त्रीलाई केन्द्रमा राखेर माग गरिएको कुरा राजनीतिक पूर्वाग्रह भएको बताए ।

Published Date: 11 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु