५ हजार बोकेर भारत आएकी नोरा, कसरी बनिन् सफल कलाकार ?

५ हजार बोकेर भारत आएकी नोरा, कसरी बनिन् सफल कलाकार ? : Icon Khabar

काठमाडौँ, चैत २८ । बलिउडमा नोरा फतेहीको चर्चा सर्वाधिक छ । नोराले काम गरेका केही फिल्मका आइटम गीतहरू सुपरहिट भएपछि उनको माग पनि उच्च छ । अर्कोतिर, उनको सुन्दरता, नृत्य र आकर्षक फिगरको पनि खुबै चर्चा हुने गरेको छ । तर, क्यानडामा जन्मिएकी नोराको करिअरको सुरुवात सुखद थिएन । उनी, ५ हजार रुपैयाँ मात्र बोकेर भारत आएकी थिइन् ।

हालै मात्र एक मिडियासँगको कुराकानीमा नोराले विगत संझदै भनेकी छिन्–‘म ९ जना युवतीहरूको साथमा एक थ्री बीएचके अपार्टमेन्टमा बसेकी थिएँ । यहाँ आएर मैले किन आफूलाई धोका दिएँ जस्तो लाग्थ्यो । म यी कुराहरूका लागि कहिले पनि तयार थिइनँ जस्तो लाग्छ । आज पनि त्यो कुरा संझदा दुःख लाग्छ ।’

नोराले उक्त समयमा अपार्टमेन्टको पैसा कसरी तिर्थिन् होला, भनिन्–‘उक्त समयमा हाम्रो अपार्टमेन्टको पैसा एजेन्सीले तिरिदिन्थ्यो । यसवापत, उनीहरुले हामीबाट कमिसन लिन्थे । अपार्टमेन्टको पैसा तिरेपछि मसँग निकै कम पैसा बच्थ्यो । मैले कैयौं पटक अन्डा, ब्रेड र दूध खाएर जीवन चलाएको छु । हामीलाई केही एजेन्सीहरूले निकै पीडा पनि दिएका छन् ।’ नोराले संघर्षको समयमा आफूले कैयौं पटक थेरापी समेत लिएको उल्लेख गरेकी छिन् ।

सन् २०१४ मा नोराले ‘रोरः टाइगर्स अफ द सुन्दरबस’बाट बलिउडमा पाइला चालेकी हुन् । तर, उनलाई दर्शकले ‘बीग बोस ९’मा सहभागी भएपछि बढी चिन्न थालेका हुन् । नोराले नृत्य गरेका ‘दिलबर दिलबर, हाय गर्मी’ लगायतका गीत सुपरहिट भएका थिए ।

Published Date: 10 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास