निरन्तर नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

निरन्तर नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य : Icon Khabar

काठमाडौँ, चैत २८ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँ बढी हो। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ जुन मंगलबारको तुलनामा १५ रुपैयाँ बढी हो। मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 10 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास