राप्रपाको प्रदर्शनमा झडप : भद्रकाली क्षेत्रमा तनाव, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

राप्रपाको प्रदर्शनमा झडप : भद्रकाली क्षेत्रमा तनाव, ट्राफिक व्यवस्थापन अस्तव्यस्त : Icon Khabar

काठमाडौं, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्र्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ । राप्रपाको जुलुका कारण टुँडिखेल वरपर, सिंहदरबार, पुतलीसडक, लाजिम्पाट, माइतघर, थापाथली, त्रिपुरेश्वरलगायत क्षेत्रमा गाडीको लामो लाइन लागेको छ । यी क्षेत्रको जामले काठमाडौंका अन्य क्षेत्रको ट्राफिक पनि प्रभावित भएको छ ।

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज राप्रपाले प्रदर्शन गरेको हो । प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत राप्रपाका कार्यकर्ता काठमाडांैमा आएका छन् ।

राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार जनाभन्दा धेरै जनशक्ति परिचालन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले हिजो बसेको सुरक्षा समितिको संयुक्त बैठकले चार हजार जनाभन्दा धेरै संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको जानकारी दिए । प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकमा विशेष प्रहरीको टोली परिचालन गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

Published Date: 09 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता