कांग्रेसलाई रास्वपाको ‘काउण्टर’ : ०४७ पछिका सबै काण्ड छानबिन गरौं

कांग्रेसलाई रास्वपाको ‘काउण्टर’ : ०४७ पछिका सबै काण्ड छानबिन गरौं : Icon Khabar

काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ सालपछिका बालुवाटारदेखि अन्य सबै काण्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् ।

‘४७ साल पछिका बालुवाटारदेखि सबै कान्डको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र छाबिन समिति गठन गरौं न, एक व्यक्तिलाई टार्गेट किन ?’, कांग्रेसप्रति टिप्पणी गर्दै वाग्लेले भने, ‘आरोपको भरमा कुनै व्यक्तिलाई खुइल्याउने हैन, ग्रान्ड पब्लिक इन्क्वाइरी गर्न आह्वान छ ।’ उनले सहकारी ठगीमा छानबिन भन्दा मान्छे पत्याउँछन् भन्ने कांग्रेसमा भ्रम रहेको बताए । ‘सहकारी ठगी भन्दा मान्छे पत्याउँछन् भन्ने उहाँहरूको भ्रम छ’, वाग्लेले भने, ‘हामी सिङ्गो राज्य ठगी गर्ने विरूद्ध छानबिन गर्नु्स् भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित