नेपाललाई एसएमएस फ्रेन्डशिप कपको उपाधि

नेपाललाई एसएमएस फ्रेन्डशिप कपको उपाधि : Icon Khabar

काठमाडौँ, चैत २५ । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो ।

नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

नेपालका लागि अविनाश बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १-१ विकेट लिए ।

त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।

नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने ४ खेलमा २ जित सहित फाइनल प्रवेश गरेको हो । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल रहेको थियो ।

नेपाली टोली भारतबाट सिधै ओमान तर्फ प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हंगकंग, साउदी अरेबिया र कतार रहेका छन् । नेपालले अप्रिल १२ मा मलेसिया, अप्रिल १३ मा कतार, अप्रिल १५ मा हंगकंग र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ । समूहको शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने