राप्रपाले चैत्र २७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने

राप्रपाले चैत्र २७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने : Icon Khabar

काठमाडौँ, चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

उनले चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरू गरिने बताए। उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।

‘सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ आइतबार धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई के भन्न चाहन्छु भने निषेधित क्षेत्र घोषणा गरेका छन्। भिक्षुमाथि लात्ती हान्ने काम भएको छ, म निन्दा गर्दछु।’

उनले निषेधित क्षेत्रका नाममा प्रदर्शन गर्न सरकारले रोके तोडेर अघि बढ्ने बताए।

उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेकोमा पनि चिन्ता व्यक्त गरेका थिए।

उनले राप्रपाका ४० बुँदे माग पूरा गर्नेतर्फ सरकार नलागेकोले आन्दोलन गर्न लागिएको पनि बताएका थिए। अध्यक्ष लिङदेनले राप्रपा समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरेका थिए। उनले अहिलेको व्यवस्था जति राख्यो त्यति देशलाई क्षति हुने दाबी गरेका थिए।

Published Date: 07 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास