नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज भारत गुजरातसँग खेल्दै

नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज भारत गुजरातसँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत २५ । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको थियो । गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । बरोडा ४ खेलमा ३ मा हार १ मा जितसहित पुछारमा रहेको थियो ।

पछिल्लो खेलमा बरोडाविरुद्द कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई नेपालले विश्राम दिएको थियो । यी चार खेलाडी फाइनलमा फर्किंदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसि बाहिर बाहिर हुने सम्भावना छ ।

कुशल भुर्तेल,दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल फाइनल सकेर उतैबाट ओमान जानेछ ।

Published Date: 07 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास