नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज भारत गुजरातसँग खेल्दै

नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज भारत गुजरातसँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत २५ । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको थियो । गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । बरोडा ४ खेलमा ३ मा हार १ मा जितसहित पुछारमा रहेको थियो ।

पछिल्लो खेलमा बरोडाविरुद्द कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई नेपालले विश्राम दिएको थियो । यी चार खेलाडी फाइनलमा फर्किंदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसि बाहिर बाहिर हुने सम्भावना छ ।

कुशल भुर्तेल,दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल फाइनल सकेर उतैबाट ओमान जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट