भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो

भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो : Icon Khabar

काठमाडौं, चैत २४ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ । र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले बताएका छन् ।

महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए । ’आज उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम थियो । हामीमाथि प्रहरीले लाठी बर्सायो । अहिले मसहित दर्जनौं साथीहरू अस्पतालमा छौं,’ महतोले भने । दुई पक्षबीच झडपको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

Published Date: 06 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु