भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो

भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो : Icon Khabar

काठमाडौं, चैत २४ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ । र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले बताएका छन् ।

महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए । ’आज उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम थियो । हामीमाथि प्रहरीले लाठी बर्सायो । अहिले मसहित दर्जनौं साथीहरू अस्पतालमा छौं,’ महतोले भने । दुई पक्षबीच झडपको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण