एमालेका सुहाङले गराए उम्मेदवारी दर्ता : रविन्द्र प्रस्तावक, रमण समर्थक

एमालेका सुहाङले गराए उम्मेदवारी दर्ता : रविन्द्र प्रस्तावक, रमण समर्थक : Icon Khabar

इलाम, चैत २४ । आउँदो वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ । माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो । उम्मेदवारी दर्ताअघि एमाले उम्मेदवार सुहाङले इलामको ठूलो टुँडिखेलस्थित शहीद रत्नकुमार वान्तवा, बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए ।

‘समर्थक र प्रस्तावकहरुसहित हामीले भर्खरै उम्मेद्वारी दर्ता गरायौं’, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने । संविधानसभा अध्यक्ष समेत रहेका सो क्षेत्रका सांसद सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै कान्छा छोरा सुहाङलाई उम्मेद्वारका रुपमा अघि सारेको छ । उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

सुहाङसहित इलाममा उम्मेद्वारी दर्ता गर्नेको संख्या पाँच पुगेको छ । अहिलेसम्म सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन् । डम्बर खड्कालाई उम्मेद्वार बनाएको नेपाली काँग्रेसले साढे २ बजे उम्मेद्वारी दर्ता गराउने छ । मिलन लिम्बू उम्मेद्वार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केहीबेरमा उम्मेद्वारी दर्ता गराने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता