एमालेका सुहाङले गराए उम्मेदवारी दर्ता : रविन्द्र प्रस्तावक, रमण समर्थक

एमालेका सुहाङले गराए उम्मेदवारी दर्ता : रविन्द्र प्रस्तावक, रमण समर्थक : Icon Khabar

इलाम, चैत २४ । आउँदो वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ । माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो । उम्मेदवारी दर्ताअघि एमाले उम्मेदवार सुहाङले इलामको ठूलो टुँडिखेलस्थित शहीद रत्नकुमार वान्तवा, बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए ।

‘समर्थक र प्रस्तावकहरुसहित हामीले भर्खरै उम्मेद्वारी दर्ता गरायौं’, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने । संविधानसभा अध्यक्ष समेत रहेका सो क्षेत्रका सांसद सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै कान्छा छोरा सुहाङलाई उम्मेद्वारका रुपमा अघि सारेको छ । उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

सुहाङसहित इलाममा उम्मेद्वारी दर्ता गर्नेको संख्या पाँच पुगेको छ । अहिलेसम्म सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन् । डम्बर खड्कालाई उम्मेद्वार बनाएको नेपाली काँग्रेसले साढे २ बजे उम्मेद्वारी दर्ता गराउने छ । मिलन लिम्बू उम्मेद्वार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केहीबेरमा उम्मेद्वारी दर्ता गराने जनाएको छ ।

Published Date: 06 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु