गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, श्रीमतीले दिइन् बलात्कारको उजुरी

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, श्रीमतीले दिइन् बलात्कारको उजुरी : Icon Khabar

काठमाडौं, चैत २४ ।‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओड विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला अदालतको अनुमति लिएर उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । चैत्रको २० गते ओडकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले उनको खोजी तीव्र पारेको बताएको छ । तर, उनी पक्राउ भने परेका छैनन् । गायक ओडले फिल्म ‘द्रोपती’मा पनि अभिनय गरिरहेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन केही दिन अगाडिबाट सुरु भएको थियो । नेपाल आइडलको दोस्रो सिजन जितेपछि ओड चर्चामा थिए । ओडको स्वरमा समावेश केही गीतहरू चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने