गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, श्रीमतीले दिइन् बलात्कारको उजुरी

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, श्रीमतीले दिइन् बलात्कारको उजुरी : Icon Khabar

काठमाडौं, चैत २४ ।‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओड विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला अदालतको अनुमति लिएर उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । चैत्रको २० गते ओडकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले उनको खोजी तीव्र पारेको बताएको छ । तर, उनी पक्राउ भने परेका छैनन् । गायक ओडले फिल्म ‘द्रोपती’मा पनि अभिनय गरिरहेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन केही दिन अगाडिबाट सुरु भएको थियो । नेपाल आइडलको दोस्रो सिजन जितेपछि ओड चर्चामा थिए । ओडको स्वरमा समावेश केही गीतहरू चर्चामा छन् ।

Published Date: 06 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी