सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर , दुई स्थानमा निषेधाज्ञा

सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर , दुई स्थानमा निषेधाज्ञा : Icon Khabar

इटहरी, चैत २३ । सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थितीलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्। हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हाल सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने